तीन सय विद्युतीय बस किन्न साझालाई दिएको पैसा सरकारले फिर्ता लियो : ब्याज समेत असुल

काठमाण्डौ । सरकारले तीन सय वटा विद्युतीय बस किन्न साझा यातायात सहकारी संस्थालाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता लिएको छ  ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझा यातायातले सरकारले भनेको प्रक्रिया अनुसार बस खरिद नगरेकाले ३ अर्ब रुपैयाँ लगानी फिर्ता ल्याउने निर्णय भएको जानकारी दिए ।

उन गएको असारदेखि हालसम्मको ३ अर्ब रुपैयाँको ब्याज पनि साझाबाट असुल गर्ने निर्णय भएको जानकारी दिए । अब नयाँ प्रक्रियाबाट विद्युतीय बस खरिद गर्न सरकारले ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिने पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

गएको असार २४ र २९ गतेको मन्त्रिपरिषद्को बैठकले ३ सय विद्युतीय बस किन्न भन्दै साझा यातायात सहकारी संस्थामा ३ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस