लिभरपुलकाे पाेस्टमा ५० दिनपछि पहिलाे गाेल, अविजित यात्रा भने कायमै

काठमाण्डाै । उल्भरह्याम्टन वान्डरर्स (उल्भस) माथि दुई–एककाे जित निकाल्दै लिभरपुलले प्रिमियर लिग उपाधि जित्ने अभियान अघि बढाएको छ । बिहीबार राति भएको खेलमा रोबर्टो फिरमिनोले खेलकाे अन्तिमतिर गोल गरेपछि लिभरपुलले १६ अङ्कको अग्रता लिन सफल भएको छ ।

उल्भ्सको मैदानमा भएको खेलको आठौँ मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलकाे दोस्रो हाफको छैटौँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

लिभरपुलले ५० दिनपछि पहिलो गोल खाएको हो । प्रिमियर लिगमा एभर्टनका रिचार्लिसनले गएकाे डिसेम्बर ५ मा लिभरपुलविरुद्ध गोल गरेका थिए । राउल जिमेनेजले यो सिजन सबै प्रतियोगितामा गरेर २० गोल पनि पूरा गरेका छन् । खेल सकिन ६ मिनेट बाँकी हुँदा फिरमिनोले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

इन्ज्युरी समयको सुरुमा डियोगो जोटाले गोल गर्ने राम्रो अवसर खेर फाल्दा लिभरपुलले अङ्क गुमाउन परेन । जितसँगै लिभरपुलले २३ खेलबाट ६७ अङ्क बनाएको छ । उल्भ्स भने ३४ अङ्कसहित सातौँ स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस