सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैचामा

मोरङ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका– १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले  संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरे ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस