कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् ।

जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा त्यहाँबाट फर्किका मानिस भएको अधिकारीहरुले जनाएका छन् ।यसैबीच ताइवानले पनि एकजना संक्रमित भेटिएको बताएको छ । पर्यटकका रुपमा अधिकांश चिनियाँ नागरिक भित्र्ने उत्तर कोरियाले भने सबै विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गर्ने बेला भइसकेको केही  विज्ञले बताएका छन् । उता प्रकोप फैलिएको बुहानमा सार्वजनिक यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ । झण्डै एक करोड जनसंख्या रहेको बुहान शहरका बासिन्दालाई त्यस क्षेत्र छाडेर अन्यत्र नजान र बाहिरका मानिसलाई त्यहाँ नआउन सरकारले अनुरोध गरेको छ ।

चिनियाँ शहर बुहानमा अनुहारमा लगाउने मास्क किन्नेको लामो लाइन लाग्न थालेको छ । औषधी पसलेहरुले एकजना ग्राहकलाई एउटा मात्रै मास्कको प्याकेट बेच्न थालेका छन् । रुघाखोकी र त्यो भन्दा गम्भीर विरामी गराउन सक्ने नयाँ खालको कोरोना भाइरस सन् २००२ देखि २००३ सम्म दर्जनौ राष्ट्रमा फैलिएको ‘सार्स’ प्रकृतिको छ ।

सार्सका कारण त्यसबेला आठ सय जनाको मृत्यु भएको थियो ।-एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस