ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहबीच विवाद भएको छ ।

सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याकोनेलले प्रस्ताव पेश गर्न रोकेपछि विवाद भएको हो । अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्टले महाअभियोग प्रस्ताव अघि बढाउन निष्पक्ष भूमिका खेल्ने भन्दै सपथसमेत लिएको बीबीसीले जनानएको छ ।

अमेरिकी इतिहासमा राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो घटना हो । सिनेटमा रिपब्लिकनहरुको बहुमत भएकाले महाअभियोग लगाउने प्रस्ताव पारित हुनेमा भने आशंका पैदा भएको छ । डेमोक्र्याट्सहरु उक्त मुद्दालाई लम्ब्याउन चाहन्छन् भने रिपब्लिकनहरु चाँडै नै मुद्दाको किनारा लगाउने पक्षमा देखिएका छन् ।

राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेर युक्रेनका राष्ट्रपतिलाई अनावश्यक दवाव दिएको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आचरणविरुद्ध कार्य गरेको भन्दै महाअभियोग लगाउन लामो समय छलफल गरेर प्रस्ताव संसदमा दर्ता गराइएको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस