गोसाइँकुण्ड पदयात्रामा गएका दुई पर्यटक सम्पर्कविहीन

रसुवा । गोसाइँकुण्ड पदयात्रामा गएका दुई जना पर्यटक हिमपातका कारण तीन दिनदेखि  सम्पर्कविहीन  भएका छन् । काठमाडौंको गोकर्णेश्वर–७ का १९ वर्षीय जापान तामाङ र उनका एक साथी सम्र्पकविहीन भएका हुन् । उनीहरू नुवाकोटको दुप्चेश्वर–१ फेदीबाट सम्र्पक विहीन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

तामाङ दिदी सुस्मितासँग शुक्रबारसम्म सम्पर्कमा रहेको र दुई रात हिउँ परेका कारण फेदीमा बसेको बाहेक अन्य कुरा थाहा नभएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । खोजीका लागि शनिबार एभरेस्ट एयर र आइतबार सिम्रिक एयरको हेलिकप्टर परिचालन गरे पनि पत्ता लागेको छैन ।

गत सोमबार मेलम्ची हिँडेका उनीहरू नुवाकोट र सिन्धुपाल्चोक सीमा मागिन गोठबाट गोसाइँकुण्ड तर्फ लागेकोमा हिउँ परेका कारण फेदीमा बसेका थिए । फेदीमा तापक्रम माइनस २१ डिग्री पुगेको र ४ फिटसम्म हिउँ जमेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस