प्रियंका कार्कीले थाइल्याण्डमा मनाइन् ‘ब्याचलोरेट पार्टी’

काठमाडाैँ । नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएर नै होला उनी अहिले ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी छिन् । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको उनको इन्स्टाग्राम अकाउन्टमा देख्न सकिन्छ ।

प्रियंकाले एकदिन अघि मात्रै आफ्नो इन्स्टाग्राम अकाउन्टमा विमान अगाडि ६ जना बसेर खिचिएको फोटो पोष्ट गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘अनुमान गर्नुहोस् त कसको विवाह हुँदैछ ।’ त्यसपछि उनको इन्स्टाग्राममा स्टोरी र भित्ता त्यहाँ मस्ती गरिरहेका भिडियो र तस्बिरले भरिएका छन् ।

यद्यपि, उनीहरुको विवाहको मिती भने सार्वजनिक भएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस