चालू आर्थिक वर्षको ६ महिना पूरा : बजेट खर्च झन् कमजोर, १ खर्ब ७४ अर्ब खातामै

काठमाडौँ । सरकारले पुसको अन्तिम दिन ४२ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मङ्गलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

राजस्व सङ्कलन लक्ष्य पूरा गर्ने दबाबमा रहेको सरकारले सो दिन विभिन्न कर शीर्षकमा २५ अर्ब ५५ करोड, गैरकर शीर्षकमा १६ अर्ब ९० करोड र अन्य प्राप्तिमा दुई अर्ब ३० करोड रुपियाँ सङ्कलन गरेको हो । कार्यालयका अनुसार पुस मसान्तसम्म चार खर्ब ३३ अर्ब १५ करोड रुपियाँ सङ्कलन गरिएको छ । यो कुल राजस्व लक्ष्यको ३८।९५ प्रतिशत हो ।

सरकारले पुस मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन निकै प्रयत्न गरे पनि पहिलो छ महिनासम्मको राजस्व लक्ष्य भने भेट्न सकिएको छैन । पुससम्म पाँच खर्ब ३७ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि समीक्षा अवधिसम्म एक खर्ब चार अर्ब न्यून राजस्व सङ्कलन भएको हो । अघिल्लो आवको पुससम्म सरकार पाँच खर्ब २० अर्ब रुपियाँ सङ्कलन गर्न सफल भएको थियो ।

चालू आवको अर्धवार्षिक अवधिसम्म सरकारको खर्च लक्ष्यअनुसार भएको देखिँदैन । कार्यालयको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म कुल बजेटको २५।८१ प्रतिशत मात्र खर्च भएको छ । चालू आवमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट घोषणा गरिए पनि अहिलेसम्म चालूतर्फ तीन खर्ब नौ अर्ब ५८ करोड रुपियाँ मात्र खर्च भएको छ ।

यो चालू आवका लागि विनियोजित कुल चालू खर्चको ३२।३५ प्रतिशत मात्र हो । पुँजी सिर्जना गर्ने विकास खर्च निकै कमजोर रहेको छ । अहिलेसम्म ५८ अर्ब ३९ करोड रुपियाँ मात्र विकास खर्च भएको तथ्याङ्क छ । यो लक्ष्यको जम्मा १३।७२ प्रतिशत मात्र हो । वित्तीयतर्फ लक्ष्यको १६.५० प्रतिशत अर्थात् २७ अर्ब ६९ करोड रुपियाँ मात्र खर्च भएको छ । यो अवधिसम्म पाँच अर्ब २१ करोड सीधै भुक्तानी भएको देखिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नौ लाख घरधुरीमा जोडियो वर्ल्ड लिंकको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख …

प्रतिकृया दिनुहॊस