लायन्स क्लव अफ वीरगंजद्वारा आँखाको निःशुल्क शल्यक्रिया

वीरगंज । लायन्स क्लव अफ वीरगंजको आयोजनामा निःशुल्क आ“खाको शल्यकृया सम्पन्न गरिएको छ ।

“हामी सेवा गर्छौं, सेवा गर्ने हात कहिल्यै पछि पर्दैन भन्ने मूल मन्त्रकासाथ अघि बढ्दै समाजसेवामा छुट्टै पहिचान बनाएको क्लव लायन्स क्लवले गत महिना क्लवका संस्थापक मेल्विन जोनको साताव्यापी जन्मोत्सव मनाउने कार्यक्रम अन्तर्गत पर्साको सबैठवा फजतवा र नरदाहामा निःशुल्क आँखा चेक जाँच शिविरको आयोजना गरी ९३५जन ाआँखा विरामीहरुको आँखा चेक जाँच गरी भेटेका १७७ जाना मोतियाबिन्दुका विरामीहरुको निःशुल्क शल्यक्रिया आर.एम. केडिया आँखा अस्पताल, नितनपुरमा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष लायन सन्तोष साह, उपाध्यक्ष लायन बलराम श्रेष्ठ, सचिव राम प्र. पाण्डे, कोषाध्यक्ष लायन राजेश बरनवाल, सिनियर डिस्ट्रिक्ट एडभाइसर लायन मनोहर टिवडेवाल, लायन पवन मित्तल, लायन सुरेश अग्रवाल, लायन विजय जैसवाल, लायन पन्नालाल साह, लायन अनिस महतो, लायन गजेन्द्र मान सिंह, लायन पप्पु श्रीवास्तव, लायन राजेश प्र. सोनार लगायत लायन सदस्यहरुको सहभागिता रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ह्याम्स अस्पतालले नयाँ भवनबाट सुरु गर्‍यो ओपीडी सेवा

काठमाडौं । भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ युगको सुरुआत भएको …

प्रतिकृया दिनुहॊस