कालीगण्डकी नदीमा बञ्जी जम्पका लागि पूर्वाधार निर्माण हुँदै

बाग्लुङ । साहसिक खेलको रुपमा रहेको बञ्जीजम्प पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ । त्यसैलाई मध्यनजर गरी बागलुङ र पर्वतको सीमा कालीगण्डकी नदीमाथि पुल निर्माणको काम अघि बढिरहेको छ ।

बाग्लुङ र पर्वतको सीमा छुट्याउने कालीगण्डकी नदीमाथि बञ्जीजम्प खेलाउनकै लागि विगत तीन वर्षदेखि पुल निर्माण भइरहेको छ । करिब २० करोड रुपैयाँको लगानीमा बञ्जीजम्प, स्काई साइकिलिङ र सुविधा सम्पन्न रिसोर्ट समेत निर्माण भइरहेको व्यवसायी राजनकुमार जोशीले बताए ।

द क्लिप प्रालिले निर्माण गरिरहेको यो पुल प्यारा मोहन कन्ट्रक्सन प्रालिका राधाकृष्ण मल्लिकको डिजाइनमा निर्माण गरिँदै छ । यसले बञ्जीजम्प गर्ने पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ । कालीगण्डकी नदीमा बनेको पुल ५ सय २५ मिटर लामो २ सय २८ मिटर अग्लो रहेको छ ।

नमूना पुलबाट बञ्जीजम्प गर्न निर्माण कम्पनीले निश्चित दर रेट राख्ने तयारी गरिरहेको छ । बाग्लुङ–पर्वत ओहोरदोहोर गर्नेलाई पनि निश्चित शुल्क असुल्ने कम्पनीको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस