दशैं-तिहार २५ दिन पर सर्‍यो, २०७७ सालमा १५ दिन मात्रै विवाहको लगन

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाडपर्व करिब एक महिना धकेलिएको हो ।

पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले मलमासका कारण विवाहको लगनलाई समेत असर पारेको जानकारी दिए । आउँदो बर्ष विवाहको लगन करिब १५ दिनजति मात्रै छ । २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ । पञ्चाङग निर्णायक समितिले निर्णय गरेअनुसार वि.स. २०७७ सालको घटस्थापना कात्तिक १ गते परेको छ । पात्रोअनुसार कात्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी, १० गते विजय दशमी अर्थात टीका परेको छ ।

तिहार २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन तथा म्हः पूजा र मंसिर १ गते भाइटीका रहेको पंञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिब सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । -नेपाल समाचार पत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको सामुदायिक वनबाट नरभक्षी बाघ नियन्त्रणमा

चितवन । राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका-१३ बेलसहर सामुदायिक वन …

प्रतिकृया दिनुहॊस