नेशनल लाईफबाट एक करोड तीन लाख १५ हजारको दावी भुक्तानी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको छ । स्व. इन्द्र प्रसाद दंगालले २०७६ साल असार ३१ गते रु ५० लाखको दोहोरो दुर्घटना लाभ सहितको १६ वर्षे अमृत वर्षा जीवन बिमालेख खरीद गरेका थिए ।

जसमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटनाका कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी श्रीमती सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिमा दावी वापत रकम एक करोड तीन लाख १५ हजारको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथा सिघ्र फर्छ्यौट गरिएको जानकारी विर्तामोड शाखाका प्रमुख कमल बहादुर बुढाथोकीले गराए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस