नेपाल इन्भेष्टमेण्ट बैंकको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३औँ वार्षिक साधारणसभा सम्पन्न  भएको छ । संचालक समितीका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा काठमाडौँमा एक कार्यक्रमकाबीच साधारण सभा सम्पन्न भएको हो।

साधारणसभाले शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको छ ।

१०.५ प्रतिशत बोनससहित बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

बैंकको खुदनाफा ३ अर्ब ३२ करोड पुगेको छ । बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस