सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन

काठमाडौं । “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ मिति २०७६ पौष २८ गते देखि माघ ४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन भइरहेको छ ।
गत प्रर्दशनीहरुको अवलोकन कर्ताहरुको उत्साह र सहयोगलाई मुल्याकंन गर्दै यस वर्ष पनि सातौँ प्रर्दशनी भव्यताका साथ सम्पन्न  गरिदैछ ।

नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध विभिन्न उद्योगहरुले उत्पादन गरेका जुत्ताहरुमा शत प्रतिशत छालाको प्रयोग भएका छन् । नेपालको भौगोलिक स्थिती , नेपाली उपभोत्ताहरुको सरदर आय तथा आम उपभोक्ताहरुको रुचिलाई मध्यनजर गरि उत्पादन गरिएका हाम्रा उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मुल्यका रहेका छन् ।

जुत्ता उत्पादन क्षेत्रमा नेपाल आत्म निर्भर बन्दै गएको परिप्रेक्षमा नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध उद्योगहरुमा नेपाली सिप र श्रमको प्रयोग भएकोले साँचो अर्थमा हाम्रो उत्पादनहरु विशुद्ध नेपाली हुन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस