म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई हरायो, अगुएरो बने सर्वाधिक गोलकर्ता

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ ले हराएको छ । एस्टन भिल्लाको मैदानमा सिटीलाई विजयी गराउन अर्जेन्टाईनी खेलाडी सर्जियो अगुएरोले ह्याट्रिक गरे ।

यस्तै रियाद माहारेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल थपे । यो खेलसँगै अगुएरोले प्रिमियर लिग फुटबलमा आफ्नो गोल संख्या १ सय ७७ पुर्‍याए । उनी प्रिमियर लिग फुटबलमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बनेका छन् । उनले फ्रान्सका थिएरी अन्रीको नाममा रहेको १ सय ७५ गोलको कीर्तिमान तोडेका हुन् ।

अब अलान शिएरर, वायन रुनी र एण्डी कोल मात्रै प्रिमियर लिगमा अगुएरोभन्दा बढी गोल गर्ने खेलाडी हुन् । यी तिनैजना बेलायती खेलाडी हुन् । गएराती ह्याट्रिक गरेपछि अगुएरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने किर्तीमान पनि बनाएका छन् ।

यसअघि शेयररले ११ ह्याट्रिकको कीर्तिमान बनाएका थिए । गएरातीको खेलपछि म्यान सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २२ खेलमा ४७ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६१ अंकसहित शिर्ष स्थानमा छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा वाट्फोर्डले बर्नमाउथलाई ३–० ले हराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस