‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

काठमाडौं । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ ।

त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन् । कतिपय त भत्काइएका छाउगोठ बनाउन थालेका छन् ।  आइतबार अछामको तुर्माखाँद गाउँपालिका ५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन् । शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने डरले घरभित्र पसिनन् । भत्काइएको छाउगोठमा रात बिताइन् ।

मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ । ‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी देउताको’, कलावतीले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमा बस्थ्यौँ, अहिले कसरी भित्र छिर्नु ।’-नयाँ पत्रिका दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शपथ लिएको भोलिपल्टै मुख्यमन्त्रीको पद धरापमा

शपथ प्रकरणपछि रन्जिता पक्षका दुई सांसदमा समेत फुट देखिएपछि बिहीबारमात्रै मुख्यमन्त्रीको शपथ खाएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई अप्ठ्यारो परेको छ । नाउपाकी सांसद टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् ।

प्रतिकृया दिनुहॊस