चीनका बन्दरगाह नेपाललाई खुला, सिगात्सेसम्म ढुवानी गर्न पाइने

काठमाडौँ । नेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्य्विधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो ।

दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्रा्ष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो ।

बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ । जस अनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङ्चुङ्गोला गरी छवटा नाका प्रयोग गर्न सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ ।

यॊ पनि हेर्नुहॊस

टाटाले नेपालमा सार्वजनिक गर्‍यो ‘जेन्युन आयल’

काठमाडौं । टाटाले प्यासेन्जर भेइकलमा प्रयोग हुने जेन्यइन आयल नेपाली बजारमा उपलब्ध गराएको छ । …

प्रतिकृया दिनुहॊस

This will close automatically after: