स्पेनिस सुपर कपकाे उपाधि रियल मड्रिडलाई

काठमाण्डाै । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड च्याम्पियन बन्यो । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । एट्लेटिकोका सउल निग्वेज र थोमस पार्टीको पेनाल्टी गोलमा परिणत हुन सकेन । अतिरिक्त समय सकिन पाँच मिनेट बाँकी हुँदा फेड्रिको भाल्भार्डेले रातो कार्ड पाउँदा रियल मड्रिड १० खेलाडीमा झरेको थियो । साउदी अरेवियाको किङ्ग अबदुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा एट्लेटिको मड्रिडका जाओ फिलिक्सले पहिलो हाफमा राम्रो मौका पाएका थिए ।

रामोसको मिसपासमा मौका पाएका फिलिक्सले पोस्टभन्दा थोरै बाहिर प्रहार गरे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको थियो । पेनाल्टीमा सउलको प्रहार पोस्टमा लाग्न पुग्यो भने थोमस पार्टीको प्रहार रियलका गोलकिपर थियाबट कोट्र्वाले बचाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस