बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाडौँ । बैंकरहरुले सरकारसँग ब्रोकर लाइसेन्स माग गरेका छन्। बैंकर्स संघले अर्थ समितिको पूँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्यायन उपसमितिलाई पत्र पठाउँदै लाइसेन्स माग गरेका हुन्।

बैंकलाई लाइसन्स दिँदा हुने ७ फाइदा प्रष्ट पार्दै बैंकर्स संघले पठाएको हो। पत्रमा बैंकर्स संघले बैंकलाई लाइसेन्स दिँदा लगानी कर्तालाई सहज हुने तर्क गरेको छ। अहिले नेपाल राष्ट्र बैंकले नै वित्तीय पहुँचमा जोड दिएकाले ७ सय ४३ स्थानीय तहमा बैंक पुगिसकेकाले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा सबै स्थानबाट धितोपत्र कारोबार गर्न सकिने छ।

यस्तै पारदर्शिता र नीति नियमको पालनामा बैंकिङ क्षेत्र अगाडि रहेकाले संस्थागत सुशासनको लागि पनि बैंकलाई लाइसेन्स दिनुपर्ने उनीहरुको तर्क छ। बैंकका कर्मचारीले ग्राहकको लागि आवस्यक सूचना दिन सक्ने तथा अन्तर्राष्ट्रिय अभ्यास समेत भएकाले निश्पक्ष कामको लागि पनि बैंकलाई लाइसेन्स जरुर रहेको उनीहरुको तर्क छ।

बैंकमा पर्याप्त कर्मचारी भएकाले धितोपत्रको कारोबार गर्न थप भार नपर्ने बैंकरले बताएका छन्। नेपालमा आर्थिक विकासमा बैंकको योगदान रहेको तथा अन्तर्राष्ट्रिय रेटिङमा नेपाली बैंक अग्र स्थानमा देखिएकाले पनि बैंकलाई धितोपत्र कारोबारको लागि लाइसेन्स दिनुपर्ने बैंकरको दाबी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस