लिभरपुलले उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायाे

काठमाण्डाै । इंग्लिस क्लब लिभरपुलले क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ । टोटनह्यामविरुद्धको खेलमा एक–शून्यको जित निकालेको लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो ।

जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाइको अन्त्य गर्ने लक्ष्य राखेकाे छ । युरोपियन च्याम्पियन क्लब लिभरपुलले टोटनह्यामविरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए ।

मुख्य स्ट्राइकर हेरी केन बिना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुलविरुद्ध ‘कमब्याक’ गर्न सकेन र पराजित भयो । यो जितसँगै लिभरपुलको २१ खेलमा ६१ अङ्क भएको छ । लिभरपुलकाे लक्ष्य लिगमा ३८ खेलमा एक सय चार अङ्कको रेकर्ड पार गर्ने रहेको छ । खेलपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले कीर्तिमान आफ्ना लागि कुनै महत्वपूर्ण नभएको प्रतिक्रिया दिए ।

यॊ पनि हेर्नुहॊस

ए डिभिजन लिग फुटबल : आज मनाङ र संकटा भिड्दै

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र …

प्रतिकृया दिनुहॊस

This will close automatically after: