एनएमबि बैंकको २४ औं वार्षिक साधारणसभा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा बिहिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ  ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७५–७६ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

उक्त साधारण सभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट नीको पिल र कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोनलाई नर्वाचित गरेको छ ।

हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस