नेपालमा भित्रियो पार्टी बस, के-के छन् सुविधा ?

काठमाडौं । डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ ? छैन भने अनुभव लिन तयार हुनुहोस् । यस्तै खाले अन्तरक्रियात्मक गतिविधि समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ ।

भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थलोका रूपमा परिमार्जन गरिएको छ । यहाँभित्र सिट छैनन् । सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । त्यससँगै अगाडि एक जना डिजे हुन्छन् । संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिन्छ ।

रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले यो बस एक साताभित्रै व्यावसायिक रूपमा सञ्चालनमा ल्याउँदै छ । पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ । ‘मुख्य गरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त छ,’ कम्पनीका निर्देशक अशोक शर्माले भने ।

भ्रमण वर्षको अवसर पारेर बस सञ्चालनमा ल्याइएको उनले बताए । ‘हाम्रो उद्देश्य आम मानिसलाई विभिन्न खाले मनोरञ्जन प्रदान गर्दै देशका विभिन्न ठाउँको यात्रा गराउने हो,’ उनले भने । प्रतिबस २ करोड हाराहारी लागत परेको उनले जानकारी दिए । कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रश्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ …

प्रतिकृया दिनुहॊस