सूचना प्रविधि विधेयक : नागरिक अधिकार खोस्ने प्रयत्न

काठमाडौं । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी ल्याइएको सूचना प्रविधि विधेयकको विरोधमा नागरिक तथा पेसागत संघसंस्था एकताबद्ध भएका छन्  ।

नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघले विधेयकलाई यही हालतमा संसद्बाट पारित हुन नदिन सामूहिक प्रयत्न गर्ने जनाएका छन् । विधेयक जस्ताको तस्तै पारित भए संविधानले दिएको नागरिकको लेख्न र बोल्न पाउने अधिकार कुण्ठित हुने उनीहरूको ठम्याइ छ  ।

पत्रकार महासंघले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले सरकारले विभिन्न कानुनमार्फत नागरिकको अधिकार आफ्नो हातमा लिने प्रयत्न गरिरहेको आरोप लगाए । ‘सरकार लोकतन्त्रबाट विमुख हुँदै छ कि भन्ने लाग्न थालेको छ । अब फेरि सामूहिक रूपमा नागरिक अधिकार रक्षाका लागि लड्नुपर्ने अवस्था आएको छ,’ उनले भने  ।

उनले समग्र नागरिक र लोकतन्त्रमाथि खतराका रूपमा ल्याइएको विधेयकविरुद्ध संयुक्त रूपमा खबरदारी गर्न आवश्यक रहेको बताए । उनले गुम्न लागेको अधिकार रक्षाका लागि नागरिक चुप लागेर बस्न नसक्ने उनको भनाइ थियो । ‘पञ्चायतमा राजाले पनि परिकल्पना नगरेको नागरिकमाथि नियन्त्रणको प्रयास अहिले थालिएको छ,’ उनले भने, ‘यसबारे हामीले जनतालाई बुझाउन जरुरी छ ।’ कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस