चिनियाँ रेलका लागि नेपाली दक्ष जनशक्तिको तयारी

काठमाडाैं । नेपाल-चीनबीच रेल सञ्चालनका लागि दक्ष जनशक्ति विकास गर्ने सम्बधमा चीनको प्राचीन राजधानी शहर सिआनमा सम्झौता भएको छ। सम्झौता अनुसार, यो वर्ष दसजना नेपाली विद्यार्थीलाई रेल सञ्चालनसम्बन्धी प्राविधिक ज्ञान तथा सीप विकास तालिम दिइने छ।

चीनको सिआन शहरमा शुक्रबार सिआन रेल्वे कलेज र बुटवल उपमहानगरपालिकाबीच यस्तो सम्झौता भएको हो। बुटवल उपमहानगरपालिकाका उपमेयर गोमा देवी आचार्य र सिआन रेल्वे कलेजकातर्फबाट उप डीन चाओ लिउचेले सम्झौतामा हस्ताक्षर गरे।

रेलसम्बन्धमा आवश्यकता अनुरूप दक्ष जनशक्ति निर्माणका लागि भविष्यमा संख्या बढाउन सकिने पनि बताइएको छ। गत असोजमा चिनियाँ राष्ट्राध्यक्षको नेपालको राजकीय भ्रमण क्रममा बुटवल उपमहानगरपालिका र सिआन शहरबीच भगिनीसम्बन्ध स्थापना भएको थियो।

सम्झौतासँगै बहुप्रतिक्षित केरूङ-काठमाडौं रेलमार्गको निर्माण अझै सुनिश्चित हुने देखिन्छ। सिआन रल्वे कलेजबाट उत्पादित दक्ष जनशक्तिले चीनको रेल सञ्चालनमा ६० प्रतिशत हिस्सा ओगटेको बताइन्छ। सम्झौताबाट रेल सञ्चालनका लागि आवश्यक चालक, सहचालक तथा रेल र रेलमार्ग मर्मत कर्मचारी उत्पादन हुनेछन्। रेलसम्बन्धी विशेष तालिम विषय अनुसार दुईदेखि चार वर्षको हुनेछ।

ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटीका अध्यक्ष डा.राजिव झाका अनुसार केरूङबाट काठमाडौंसम्मको चिनियाँ रेल सन् २०२६ सम्ममा काठमाडौंमा आइपुग्ने छ। अध्ययन प्रतिवेदनले भने काम सुरु भएदेखि तयार हुन नौ वर्ष लाग्ने देखाएको छ । अन्नपूर्ण पोष्टबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस