बन्दुकको छर्रा लागेर मृत्यु

बागलुङ । बागलुङको तमान खोलामा आफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका एक व्यक्तिको उपचार लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ।  तमानखोला गाउँपालिका–१ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीको बिहिबार राति उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहिबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लागेर घाइते भएको स्थानीयको भनाइ छ। उनको बाँया हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो। घटना लगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बिहिबार राति पौने नौ बजे अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले बताए।

घटनाको बिषयमा प्रहरिले अनुसन्धान थालेको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबा प्रहरी टोली खटाई अनुसन्धान थालिएको भट्टराईले जानकारी दिए। घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए नभएको बिषयमा समेत प्रहरीले खोजी थालेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस