आजदेखि माैसममा क्रमिक सुधार हुने

काठमाण्डाै । केही दिनदेखि पश्चिमी वायुकाे प्रभावले माैसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि माैसम सुधार हुने माैसमविद्ले बताएका छन् । माैसम पुर्वानुमान महाशाखाले शनिबारदेखि साेमबारसम्म देशभरकाे माैसम सफा रहने जनाएकाे छ ।

अहिले काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् जानकारी दिएका छन् ।

तर बेलुकाकाे समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस