अमेरिका र इरानबीचको द्वन्द्व केही मत्थर हुने संकेत

काठमाडौं । अमेरिका र इरानबीच देखिएको द्वन्द्व तत्कालका लागि केही मत्थर हुने देखिएको छ । अमेरिकी जनताको नाममा सम्बोधन गर्र्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफु तयार रहेको संकेत गरेपछि दुई देशबीचको जारी तनाव कम हुने आँकलन गरिएको हो ।

इराकस्थित अमेरिकी सुरक्षा बेस क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले थप आक्रमणको घोषणा गर्ने पूर्वानुमान गरिएको थियो । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति रहेसम्म कुनै पनि हालतमा इरानलाई आणविक हतियारको विकास गर्न नदिने भन्दै इरानमाथि थप आर्थिक प्रतिबन्धको घोषणा गरेका छन् ।

इरानले गरेको आक्रमणमा अमेरिकाका कुनै पनि सैनिक हताहत नभएको उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने हतियार आफुहरुसँग रहेपनि त्यसलाई उपयोग गर्न नचाहेको उल्लेख गरे । राष्ट्रपति ट्रम्पले अमेरिकी सेना जस्तोसुकै चुनौतीको सामना गर्न  तयार रहेको भन्दै इरान पछि हटेको जस्तो देखिएको जुन सबै पक्ष र पुरै विश्वका लागि राम्रो हो भने । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस