एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे ८ अर्ब पुग्यो

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पाउने छन् । ८ अर्ब ६ करोड रुपैयाँ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ ।

बैंकको निक्षेप र कर्जा लगानी दुबै बढेर क्रमशः १३ लाख र ११ लाख १८ हजार रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.०५ रुपैयाँ रहेको छ । त्यस्तै, निष्कृय कर्जा घटेर ०.१६ प्रतिशत पुगेको बैंककाे बेस रेट ८.१२ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस