दुर्घटनामा परेर काँग्रेस महासमिति सदस्य रायको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका.५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनाहुँदा नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ ।

काठमाडौँबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड गरी रोकिराखेको ना४ख ५८१३ नंको ट्रकमा बस ठोकिएर बस दुर्घटना भएको थियो ।

दुर्घटनामा परी   गम्भिर घाइते भएर रायको उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएकामा त्यहाँबाट उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पुर्‍याइएको थियो ।

सो अस्पतालमा जाने बित्तिकै बिहान करिब ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको थियो । राय २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा महोत्तरीको क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका थिए ।

त्यसैगरी सोही दुर्घटनामा परी १८ जना अन्य कांग्रेसकै नेता तथा कार्यकर्तासहित सर्वसाधारण यात्रु पनि घाइते भएका छन् । उनीहरुको उपचार बर्दिबासको शुभ स्वस्तिक, जनसेवा, सिटी र बर्दिबास अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस