भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३२ औं अधिवेशनबाट प्रदीप श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा भने निर्वाचनबाट शिवप्रसाद मानन्धर विजयी भएका छन् ।

मानन्धरले प्रतिस्पर्धी राजु मृगेन्द्र जोशीलाई पराजित गरेका थिए । मानन्धर यसअघि उपाध्यक्ष थिए भने जोशी महासचिव थिए ।

अधिवेशनले संघको उपाध्यक्षमा साधारणतर्फ महेशबहादुर धौबञ्जार, एसोसियटतर्फ कृष्णमुरारी न्यौपाने र वस्तुगततर्फ रोशन भोयद्योलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, महासचिव पदका लागि भएको निर्वाचनमा रोशनीमैया धौबञ्जार निर्वाचित भएकी छिन् ।

उनले विजयशंकर प्रधानाङ्गलाई पराजित गरेका थिइन् । सचिवमा गणेशहरि प्रजापति निर्विरोध निर्वाचित भए । यसैगरी कोषाध्यक्ष पदमा राजेश शिल्पकारलाई पराजित गर्दै राजन श्रेष्ठ निर्वाचित भए । कार्यसमिति सदस्यमा एसोसियटतर्फ राजेन्द्रप्रसाद प्रजापति र वस्तुगततर्फ कृष्णगोपाल सैंजू निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी १० सदस्यका लागि भएको निर्वाचनमा गौतम सुजखु, जगनाथ श्रेष्ठ, दिनेश गोसाईं, पृथ्वीभक्त प्रजापति, विश्वराम दुवाल, शम्सेरकुमार बम, नवीन प्रजापति, रुकेश रञ्जित, रञ्जित मारिखु र राजेश त्वानाबासु निर्वाचित भएका छन् ।

निर्वाचित १० जनै सदस्य मानन्धर समूहका हुन् । यसअघि सर्वसम्मत पदाधिकारी चयन गर्दै आएको संघमा पहिलो पटक निर्वाचन भएको हो । दुई समूहमा विभाजित भई निर्वाचनमा होमिएको उद्योगी व्यवसायीहरुले मानन्धरको समूहलाई विजयी गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस