वैदेशिक व्यापार : २७ मुलुकसँग नाफा, ११२ सँग घाटा

काठमाडाैँ । वैदेशिक व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको पाइएको छ। ११२ मुलुकसँग भने नेपालको व्यापार घाटामा रहेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

चालु आवको पाँच महिनामा १३९ मुलुकसँग भएको व्यापारमा नेपालले २७ मुलुकसँग मात्र नाफा गरेको हो। काजकिस्तान, यमन, कोलम्बिया, कंगो, माल्दिभ्स, सुडान, अफगानिस्तान, होन्डुरस, हैटीलगायतका २७ मुलुकसँग नेपालको व्यापार नाफामा छ। नाफामा रहेका मुलुकमध्ये अधिकांशसँग नेपालको न्युन मात्रामा व्यापार हुन्छ।

पाँच महिना अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोड रुपैयाँको व्यापार भएको भन्सार विभागले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस