टिकटक प्रयोगमा अमेरिकी सेनाले लगायो प्रतिबन्ध

काठमाडाैं । अमेरिकी सेनाले कार्यालय प्रयोजनका लागि उपयोग हुने मोबाइल फोन निरन्तर चर्चित हुँदै गएको एप्लिकेशन टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सुरक्षाको कारण देखाउँदै कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइलमा टिकटक प्रतिबन्ध लगाएको हो ।

चिनियाँ कम्पनी बाइटेडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय अमेरिका र अरु देशमा निगरानीको घेरामा आएको छ । अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्णेल रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमसँग टिकटकलाई ‘साइबर धम्की’ का रुपमा लिइएको बताएका छन् ।

टिकटकमा प्रयोगकर्ताले छोटो अवधिको भिडियो आफैले एडिट गरेर पोस्ट गर्न पाउँछन् र यस्ता भिडियो प्रायः गरी व्यंग्यात्मक तथा प्रतिकात्मक हुने गरेका छन् । विश्वभर आधा अर्ब भन्दा बढी प्रयोगकर्ता छन् टिकटकका । टिकटकका प्रयोगकर्तामा अधिकांश किशोरकिशोरी तथा युवाहरु छन् । उनीहरुले १५ सेकेण्डसम्मको भिडियो पोस्ट गर्न पाउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस