चेल्सीसँग घरेलु मैदानमा हार्‍यो आर्सनल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा आर्सनललाई स्तव्ध पार्न जोर्गीन्हो र टामी अब्राहमले एक एक गोल गरेका थिए ।

आर्सनलको इमिरेट्स स्टेडियममा सुरुवाती अग्रता भने आर्सनलले खेलको १३ औं मिनेटमा पिएरे एम्रिक औवामियाङको गोलबाट बनाएको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।

खेलको ८३ औं मिनेटमा जोर्गीन्होले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८७ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए । जितसँगै चेल्सीले २० खेलबाट ३५ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । २४ अंक जोडेको आर्सनल १२ औं स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस