तीन जलविद्युत् आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत

काठमाडौं ।  लगानी बोर्डले तीनवटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त परिमाणको लगानी स्वीकृत गरेको हो।

लगानी बोर्डको बैठकले कोरियन लगानीमा निर्माण हुन लागेको माथिल्लो त्रिशुली-१ लाई ६५ अर्ब, मर्स्याङदीबेंसी जलविद्युत आयोजनालाई ११ अर्ब ७७ करोड ५४ लाख र माथिल्लो त्रिशुली-३ बी जलविद्युत आयोजनालाई ८ अर्ब २२ करोड ७४ लाख रुपैयाँ लगानी स्वीकृत गरेको हो।

२१६ मेगावाटको माथिल्लो त्रिशुली-१ आयोजना नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण सुरु हुँदै छ। निजी लगानीमा मर्स्याङ्दीबेंसी र नेपाल विद्युत प्राधिकरणमार्फत् माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण भइरहेको छ।  स्वीकृत भएकोमध्ये सबैभन्दा ठुलो लगानी माथिल्लो त्रिशुलीको छ। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले उक्त आयोजना निर्माण सुरु गरेको छ ।

बैठकले निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको छयाङकुटीदेखि दिर्दिङसम्मको पहुँचमार्गको मुआब्जा वितरणका लागि गठित छानविन समितिलाई थप प्राविधिक सहयोग हुने गरी पुनर्गठन गर्नुका साथै २ महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

यॊ पनि हेर्नुहॊस

विद्युत् महसुल दश युनिटसम्म निःशुल्क गर्ने नेपाल विद्युत् प्राधिकरणकाे तयारी

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्ने प्रस्ताव मङ्गलबार …

प्रतिकृया दिनुहॊस

This will close automatically after: