सूचना प्रविधि सम्बन्धि विधेयक पारित,साइबर बुलिङ धेरै भएको बाँस्काेटाकाे भनाइ तर ४ जना सांसदकाे फरक मत

काठमाडौं । सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने धारणा राखेकाे छन् । आज विकास समितिको बैठकमा सूचना प्रविधि सम्बन्धि विधेयक उपर छलफलका बेला बास्कोटाले सामाजिक सञ्जालमार्फत् साइबर बुलिङ धेरै भएको भन्दै विधेयक सही भएकाे धारणा राखेकाे थिए ।

लामो समयसम्म चलेको साे बैठकमा मन्त्री बास्कोटाले सामाजिक सञ्जाल दर्ता गर्न नभनेको तर सञ्चालनका लागि नेपालमा कम्पनी दर्ता गर्नुपर्ने पनि वताए । मन्त्री वाँस्काेटाले सामाजिक सञ्जालमा हुने खर्चमध्ये १० प्रतिशत रकम फेसबुकको बुस्टमार्फत् हुने भएकाले त्यसलाई कानूनी दायरमा ल्याएर राजस्व बढाउनुपर्ने  वताए । उनले भारत तथा फ्रान्सलगायतका देशमा समेत सामाजिक सञ्जाल दर्ता भइ सञ्चालन भइरहेको भनाइ राखे ।

साे विधयेकमा ४ जना सांसदले फरक मत राख्दै नोट अफ डिसेन्ट लेखेका थिए । उता ११ जनाले हात उठाएर विधेयकको समर्थन गरेका थिए । विधेयक बहुमतले पारित भएको छ ।

साे बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामालेले बिधेयकले जनताको मौलिक अधिकार कुण्ठित गरेको भन्दै विधेयकमा भएका बुँदा नम्बर ५०, ५२, ७८ र ९१ देखि ९४ नम्बरसम्मका बुँदा हटाउन माग गरेका थिए । यस्तै नेपाली कांग्रेसकी सांसद रंगवती शाहीले विधेयकले सरकार विरोधमा बोल्न नपाउने व्यवस्था गरेको भन्दै बोल्न पाउने हो भने यसलाई हटाउनुपर्ने वताइन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस