मिनभवनमा वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटियो

काठमाडौं । मीनभवनमा शनिबार राति एक  वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएकी उनको मिनभवन स्थित सिभिल अस्पतालमा पुर्‍याइएको थियो ।

तर  चिकित्सकले मृत घोषित गरे ।मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन ।

अहिलेसम्म आफन्त पनि सम्पर्कमा आएका छैनन् । घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस