कृषि विकास बैंकद्वारा ग्रिनहिल सिटी समाजलाई डस्टबिन हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ ।  उक्त डस्टबिनबैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई  हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वातावरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको जानकारी गराए ।  समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)ले यस्तो सहयोगले समाजको सरसफाई कार्यमा थप सहयोग पुग्ने बताएका छन् ।

 

वि.स.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनी करिब ३२० रोपनी जग्गामा फैलिएको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४ सय घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् ।

बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् । ग्रिनहिल सिटी भित्र हाल सहकारी संस्था, जिम क्लब, योगा, डान्स, खेलकुख क्षेत्र, ग्रोसरी आदि रहेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक’, ६ हजारबढी विद्यार्थी लाभान्वित

काठमाडाैं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरूमाझ सप्ताहव्यापी …

प्रतिकृया दिनुहॊस