जाडोमा छाला फुस्रो हुनबाट जाेगिन यी कुरामा ध्यान दिनुहोस्

पछिल्लो समय मानिसको व्यस्त दैनिकीमा आफ्नै लागि पनि समय निकाल्न गाह्रो छ । त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले  तनाव पैदा गराउँछ । अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ । यस्तोमा धेरैको मनमा एकै प्रकारको प्रश्न आउने गर्छ–चिसो मौसममा अनुहारको हेरचाह कसरी गर्ने ,चिसो हावाले कहीँ अनुहारको ताजापन तथा सुुन्दरता त बिगार्दैैन , यस्तो समस्या बेहोर्नुपर्ने हुन्छ ।

नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ । जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ ।

चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन् । यसको अधिक प्रयोग गर्नु हुँदैन । यसले पनि छालालाई सुक्खा बनाउँछ ।

चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ । छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पु¥याउँछ ।

यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई  शरीरमा छिर्नबाट जोगाउँछ । चिसो हावाले छालालाई फुस्रो बनाउँछ ।

आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी युक्त परिकार सेवन गर्नुपर्छ । यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ ।

यॊ पनि हेर्नुहॊस

कोरोना संक्रमण त्रास : रसुवागढी नाका १५ दिनसम्म बन्द

काठमाडाैं । उत्तरी रसुवाको रसुवागढी नाकामा बुधबारदेखि १५ दिनसम्म आवत–जावत बन्द हुने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will close automatically after: