जाडोमा मांसपेशी दुखाइ कम गर्न खानुहोस् च्याउ, यस्ता छन् फाइदा

काठमाडौं । च्याउ धेरैलाई मन गर्ने चिज हो । अहिले च्याउका पारखीहरु निकै बढेका छन् । खाँदा मिठो हुने च्याउ निकै फाइदाजनक छ । जाडोमा च्याउको सुप बनाएर खानु पनि निकै राम्रो हुन्छ । यसको सेबनले मानिसको मस्तिष्कको विकास हुने एक अध्ययनमा पनि बताइएको छ ।

यसमा पाइने सेलेनियमले स्नायु प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ । जसले शरीरमा रक्तचाप बढ्न दिँदैन र साथै यसको सेबनले रगतसम्बन्धी कुनै क्यान्सर पनि हुन दिदैन ।  स्मरण र स्मृति क्षमतालाई तेज बनाउने च्याउ जाडो मौसममा सेबन गर्नु धेरै राम्रो मानिन्छ ।

यसमा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ कम गर्छ । च्याउको सेबनले मुटु रोग हुन बाट बचाउछ ।यसको सेबनले बालबालिकालाई कुपोषण हुनबाट बचाउछ । च्याउको नियमित सेबन गर्नाले पेटमा देखा पर्ने बिभिन्न समस्यालाई ठिक गर्छ ।

यसको सेबन बाथका रोगीका लागि फाइदाजनक छ ।   विषालु च्याउ सेबन गरेर मानिसहरु बिरामी पनि हुने गरेका छन् ।  त्यसैले च्याउ खादा चिनेर खानु राम्रो हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस