ए डिभिजन लिगः एपीएफ र मनाङ मर्स्याङ्दी तथा थ्रीस्टार र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । लिगको चौथो दिन थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफसँग खेल्नेछ ।

दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो साढे २ बजे शुरु हुनेछ । अधिकांश ठूला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस