कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। उपनिर्वाचनको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बिहीबार शुरु भएको बैठक आज पनि बस्ने भएको हो।

यसअघि हिजोको बैठकमा उपनिर्वाचन सम्बन्धी प्रतिवेदन पेस भएको थियो।  उपनिर्वाचन समितिले निर्वाचनको परिणाम, असहयोग तथा समीक्षा समेटेर तयार पारेको प्रतिवेदनमाथि आजबाट केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्।

बैठकमा अर्का नेता कृष्ण सिटौला र उनी निकटका केन्द्रीय सदस्यहरु पनि उपस्थित भएका छैनन्। पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन्।

सभापति देउवाले महाधिवेशनको तयारी अघि केन्द्रीय विभागहरु गठन र समायोजनको काम सम्पन्न गर्न लागेपछि केन्द्रीय समितिमा असन्तुष्टि बढेको हो। आज केन्द्रीय कार्य समिति बैठक सुरु हुनुअघि पौडेल पक्षका नेताहरुसँग सभापति देउवाले अनौपचारिक छलफलको तयारी गरेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत, २१ तोपको सलामी दिइयो

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ …

प्रतिकृया दिनुहॊस