भिसाको मुख्य सदस्य बैंकमा एनएमबि पनि

काठमाडौं । एनएमबि बैंक नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ । बैंक र भिसा वल्र्डवाइड प्रा.लि.सँग द्धिपक्षीय सम्झौतासँगै एनएमबि भिसाको सदस्य बैंक बनेको हो ।

भिसासँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार गर्नेछ ।

यस पश्चात एनएमबि बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धिबाट लाभन्वित हुन सक्नेछन् । यो साझेदारीले एनएमबि बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस