प्रभु लाईफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको अवसरमा अस्पताल सफाई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ ।

कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाडौंलाई अस्पताल परिसरमा फोहोर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु उक्त अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले हस्तान्तरण गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस