सनराइज बैंकको टिमुरेमा १२७ औं शाखा विस्तार

काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यालयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावा दोर्जे तामाङ्गले ए.टी.एम को उद्घाटन पनि गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस