राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्री समावेश गरी राष्ट्रिय वाणिज्य बैङ्क, प्रधान कार्यालयका दुई सय ५० भन्दा बढी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा दिइएको हो ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक सेवामा करिब तीन दशक काम गरिसकेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुलाई यस्ता सचेतना कक्षामा स्वयंसेवकका रुपमा खटाएको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत ट्राफिक सम्बन्धी स्वयंसेवकका रुपमा खटाइएका हाछेथु विभिन्न कलेज, विद्यालयका विद्यार्थीलाई ट्राफिक ज्ञान दिदैँ आएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस