धनुषाका निजी शैक्षिक संस्था बन्द

धनुषा । धनुषाका निजी शैक्षिक संस्था बन्द भएका छन् । शुक्रबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरका निजी शिक्षण संस्था बन्द गरिएको हो ।

संस्थागत विद्यालय संरक्षण समितिले धनुषामा निजी विद्यालय र क्याम्पस बन्द गर्न आह्वान गरेको हो । विस्फोटमा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको समितिका संयोजक चन्द्रनारायण मण्डलले बताए ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शुक्रबारराति अज्ञात समूहले राखेको बम विस्फोट हुँदा राजेश्वर साह, जनकपुरस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस