सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १७ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेकाे छ । हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए  । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेकाे र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । बस सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कालिन्चोक भगवतीको दर्शन गरी  भक्तपुर फर्कदैं गरेको बा २ ख ४४६८ नम्बरको रिर्जभ यात्रुबस दुर्घटनामा परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस