सुडानका पूर्व राष्ट्रपति बसिरलाई जेल सजाय

काठमाडौं । सुडानको एक अदालतले सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई दुई वर्ष नजरबन्दमा राखिने भएको छ । सुडानमा आन्दोलन चर्केपछि सेनाले पदच्युत गरेका बसिरलाई अदालतको आदेशमा सुविधासहितको सुधारगृहमा राखिने भएको छ ।

आफनो कार्यकालमा पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको र भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोपमा बसिर दोषी ठहर भएका थिए । सुडानको कानुन अनुसार ७० वर्ष काटेका कुनै पनि नागरिकलाई जेल सजाय दिन नमिल्ने भएका कारण उनलाई सुधारगृहमा नै नजरबन्दमा राखिने भएको हो ।

सुडानमा गत वर्ष राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा बसिरले प्रदर्शन दबाउन प्रदर्शनकारीहरुमाथि गोली प्रहार गर्न सम्मको आदेश दिएको समाचारमा जनाइएको छ । जसका कारण उनीमाथि निर्दोष व्यक्तिको हत्याविरुद्ध अर्को मुद्दा पनि परेको छ ।- एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस