बार्सिलाेना रियल साेसिडासँग २-२ गाेलकाे बराबरीमा राेकियाे

काठमाण्डौ । स्पेनिस ला लिगामा बार्सिलोना रियल सोसिडाडसँग २-२ गोलको बराबरीमा रोकिएको छ । लिगको चौथो स्थानमा रहेको रियल सोसिडाडसँगको बराबरीले बार्सिलोनालाई अंक तालिकामा अग्रताको दुरी बढाउने मौका गुमेको छ ।

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा मिकेल ओयारजाबेलले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । तर ३८ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिजमनको गोलमा खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा बार्सिलोनाले अग्रता बनायो । उसका लागि लुइस स्वारेजले गोल गरे ।
तर ६२ औं मिनेटमा इसाकले गोल गर्दै घरेलु टिम सोसिडाडलाई बराबरीमा पु्‍र्‍याए ।

त्यसपछि बार्सिलोनाले खेल जित्न हर प्रयास गरे पनि सफल भएन । जसका कारण उसले अंक तालिकामा रियलसँगको दुरी बढाउने मौका खेल फाल्यो । बार्सिलोनाको १६ खेलमा ३५ अंक छ । एक खेल कम खेलेको रियलको ३४ अंक छ । सोसिडाडको २८ अंक भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस