आरबिबि मर्चेन्ट बैंकिङ्गको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त सभालसंचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई मर्चेन्ट बैंकिङ्गको रुपमा विकास गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताएका छन् ।

साथै, दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउने प्रतिवद्धता गरेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस